समाज


तनहुँमा भारतीय कार दुर्घटना, तीन जना घाइते

तनहुँमा भारतीय कार दुर्घटना, तीन जना घाइते

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १५:४३, काठमाडौँ

तनहुँको व्यास नगरपालिका–१२, देउरालीस्थित पृथ्वी राजमार्गमा भारतीय नम्बर प्लेटको कार दुर्घटना भएको छ। 

मंगलबार दिउँसो डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बीआर १० एबी ७७३९ नम्बरको कार दुर्घटना भएका हो। अनियन्त्रित भएर कार दुर्घटना भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार दुर्घटनामा भारतको बिहार राज्यस्थित मधुबनी–१० की ३७ वर्षीया आशा देवी, ४० वर्षीया मनिका देवी र बिहारको भगलपुरका २८ वर्षीय सोनुको घाइते भएका छन्। सोनु कार चालक हुन्। 

घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल, दर्मालीमा भर्ना गरिएको छ। उनीहरू खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad