समाज


कपिलवस्तुमा सात महिने बालकसहित ५२ मा कोरोना संक्रमण

कपिलवस्तुमा सात महिने बालकसहित ५२ मा कोरोना संक्रमण

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १५:३१,

कपिलवस्तुमा आज नाबालकसहित ५२ नयाँ संक्रमित थपिएका छन्। थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए।

संक्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टिनमा बसेका थिए। अन्य २२ जना वडा ६ को वासुदेव जनता माविको क्वारेन्टिनमा, चार जना वडा नम्बर ३ को तीर्थधार्मिक माविमा र सात जना वडा नम्बर ७ मा रहेको जनता माविमा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले जानकारी दिए।

जिल्लाको कृष्णनगर नगरपालिकामा आज ११ जनामा कोरोना पुष्टि भएको छ। तीमध्ये दुई जना नगरपालिकाकै कर्मचारी रहेको नगरपालिकाका स्वास्थ्य संयोजक अनिलकुमार विश्वकर्माले जानकारी दिए। उनका अनुसार अन्य नौ जना १४ दिनअघि भारतबाट आएका थिए। जसमा वडा नम्बर १० मा दुई, वडा नम्बर १ मा चार, वडा नं ५ मा एक र वडा नम्बर २ मा दुई जनामा कोरोना पुष्टि भएको छ। उनीहरु आआफ्नो वडामा निर्माण गरिएको क्वारेन्टिनमा बसेका थिए।

विजयनगर गाउँपालिकाको वडा नम्बर ७ मा दुई र वडा नम्बर ३ मा एकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष गोपाल थापाले जानकारी दिए। तीनैजना भारतबाट केही साताअघि निर्माण गरिएको रामशरण प्राविको क्वारेन्टिनमा बसेका थिए। उनीहरुलाई गाउँपालिकामा निर्माण गरिएको आइसोलेशनमा राखी उपचार गरिने छ।

बुद्धभूमि नगरपालिकामा एक पत्रकारसहित अर्का वडा नम्बर ८ का एकमा संक्रमण पुष्टि भएको छ। उनी केही दिनअघि भारतबाट आएर वडामा निर्माण गरिएको निम डाँडा माविको क्वारेन्टिनमा बसेको बुद्धभूमि नगरपालिकाका स्वास्थ्य प्रमुख डोलविक्रम बेल्वासेले जानकारी दिए। दुई जनाको अवस्था सामान्य छ। कपिलवस्तुमा अहिलेसम्म चार पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ। पुनः एकमा संक्रमण देखिएसंँगै संक्रमित पत्रकारको संख्या चार पुगेको हो। यसअघि बाणगंगामा दुई र कपिलवस्तु नगरपालिकामा एक संक्रमित देखिएका थिए।

पत्रकारमध्ये तीन पुरुष र एक महिला संक्रमित भएका हुन्। संक्रमण पुष्टि भएका दुई पत्रकार तौलिहवास्थित माहुरी होमको गेष्टहाउसमा सञ् चालित आइसोलेशनमा तथा दुई जना बुटवलस्थित एन्फा एकेडमीको आइशोलेशन अस्पतालमा छन्। यससंँगै कुल संक्रमितको संख्या जिल्लामा १८८ पुगेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ। संक्रमित ५२ मध्ये ४९ भारतबाट केही साताअघि आएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad