उत्तर कोरियाले आफ्नो मुलुकको छवि अमेरिकाले बिगार्न खोजेको आरोप लगाएको छ। गत महिना उत्तर कोरियाले साइबर हमला गरेको आरोप अमेरिकाले लगाएको थियो।
त्यसको जवाफमा शुक्रबार उत्तर कोरियाले यस्तो आरोप लगाएको हो।
‘अमेरिकाले भन्दै आएको कथित साइबर खतरासँग हाम्रो मुलुकको कुनै सम्बन्ध छैन भन्ने स्पष्ट पार्न चाहन्छौँ,’ उत्तर कोरियाको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘यसका साथै आणविक क्षेप्यास्त्र, मानव अधिकार, आतंकवादीलाई सहयोगजस्ता मुद्दा उठाएर अमेरिकाले हाम्रो मुलुकको छवि बिगार्न खोजिरहेको छ।’
गत महिना अमेरिकी विदेश मन्त्रालयसहित अन्य निकायहरुले उत्तर कोरियाली ह्याकरहरुबारे नयाँ चेतावनी दिएका थिए। एजेन्सी
3
Shares

प्रतिक्रिया