समाज


सरकारकाे याेजना : लक्षण नभएका संक्रमितलाई घरमै राख्ने

सरकारकाे याेजना : लक्षण नभएका संक्रमितलाई घरमै राख्ने

नेपालखबर
जेठ १९, २०७७ सोमबार ११:३२,

दैनिकरुपमा संक्रमितको संख्या थपिन थालेपछि सरकारले नयाँ योजना अघि बढाउने भएको छ।

सरकारले लक्षण नभएका संक्रमित र लक्षण भएका बिरामीलाई छुट्याउने तथा सामान्य संक्रमितलाई घरमै राख्ने सम्मकाे तयारी गरेकाे छ।

'आइसोलेसन वा क्वारेन्टिनको कमी भएमा लक्षण नभएका संक्रमित घरमै बस्नुपर्ने पनि हुनसक्छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने।

सोमबारसम्म ५९ जिल्लाका १७ सय ९८ मा कोरोना संक्रमण पुष्टि भएसँगै सरकारले संक्रमित मध्ये पनि सामान्य संक्रमित र संक्रमित बिरामी भनी छुट्याउने र सोहि अनुसार उनीहरुलाई छुट्टाछुट्टै राखिने भएको छ।

देवकोटाले संक्रमण भएका तर, कुनै लक्षण नदेखिएकालाई राख्ने र संक्रमण भएर बिरामी परेकालाई राख्ने संरचना नै छुट्टै गरिन लागेको बताए।

उनले भने, ‘संक्रमित भएका तर लक्षण नभएका र संक्रमित भएर विरामी भएकालाई छुट्टै राखिनेछ, त्यसको तयारी सुरु भइसकेको छ।’

संक्रमितहरुको संख्या बढेसँगै संक्रमित र विरामी भनेर छुट्याउनुपर्ने भएकाे डा. देवकोटाले मिडिया व्रिफिङका क्रममा सोमबार बताए।

‘संक्रमित जसमा लक्षणहरु छैन उहाँहरु मापदण्ड पुगेका क्वारेन्टिनको आइसोलेसनमा रहनुहुनेछ, त्यसका लागि क्वारेन्टिनको अपग्रेड गरेर आइसोलेसन बनाउने सोँचमा छौं,’ उनले भने।

डा‍. देवकोटाले नयाँ आइसोलेसन बनाउने तयारी भएको पनि जानकारी दिए । ‘भएका पुर्वाधार प्रयोग गरेर आइसोलेसन निर्माण गरिनेछ’, उनले भने ।

लक्षण भएका विरामीहरुलाई भने अस्पतालमा राख्ने उनले बताए। डा. देवकोटाले थपे, ‘जसमा लक्षण छ उहाँहरुलाई अस्पतालमा राखिनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad