भारतमा एकै दिनमा झन्डै १० हजार कोरोना संक्रमित फेला परेका छन्।
बीबीसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै भारतमा संक्रमितको संख्या अढाई लाख नाघेको छ भने तीमध्ये ७ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ।
यस्तै संक्रमितमध्ये १ लाख २४ हजार जना भने निको भइसकेका छन्।

प्रतिक्रिया