स्याङ्जामा कोरोना भाइरस नियन्त्रणमा सक्रिय एक स्वास्थ्यकर्मी रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
प्रहरीका अनुसार जिल्लाको गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लीलाबल्लब भण्डारीको शव रूखमा झुन्डिएको अवस्थमा फेला परेको हो।
४६ वर्षीय भण्डारी आइतबार साँझ घरनजिकैको बारीमा रहेको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएको स्याङजा प्रहरीले जानकारी दिएको छ।
करिब १ वर्षअघि भण्डारी गल्याङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बनेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया