कुवेतको आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिला सहित ३ नेपाली कामदारको मृत्यु भएको छ।
महावुल्ला–२ स्थित कामदार बस्ने भवनमा ग्यास पाइप लिक हुँदा शुक्रबार राति १० बजे आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपालीको पहिचान हुन सकेको छैन।
उनीहरुको शव फर्वानिया अस्पतालमा राखिएको छ। महावुल्ला नेपाली कामदारको बक्लो उपस्थिति रहेको क्षेत्र हो।

प्रतिक्रिया