बाढीपहिरोमा परी देशभर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ। बेपत्ताकाे संख्या ३५ पुगेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार बिहान उपलब्ध गराएको तथ्यांकअुनसार काठमाडौं उपत्यकामा ८, प्रदेश १ मा १७, प्रदेश २ मा ७, प्रदेश ३ मा १२, प्रदेश ५ मा २ र प्रदेश ६ मा २ जनाको ज्यान गएको हो। जसमा महिला २१ र पुरुष २७ जना छन्।
यसैगरी सोही प्रकोपमा परी ३५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । याे आइतबार बिहान ९:२० बजेसम्मकाे अपडेट हाे।
बेपत्ता हुनेहरूमा काठमाडौं उपत्यकामा २, प्रदेश १ मा १०, प्रदेश २ मा ५, प्रदेश ३ मा ७ र प्रदेश ६ मा ११ जना छन्। यस्तै बाढीपहिरो तथा डुबानमा परी मुलुकभर २५ जना घाइते भएका छन्।
अविरल वर्षापछि आएको बाढीपहिरोमा परी काठमाडौंमा ३ र ललितपुरमा ५ जनाको ज्यान गएको हो। अहिलेसम्मकाे तथ्यांकअुनसार उक्त प्रकाेपमा परी भक्तपुरमा कसैका ज्यान गएकाे छैन।
जिल्लागत रूपमा बाढीपहिरोका कारण सबैभन्दा बढी काठमाडौं र भोजपुरमा ५/५ जनाको मृत्यु भएको छ।
जिल्लागत विवरणः
प्रदेश १- खोटाङमा ३, इलाममा १, झापामा २, उदयपुरमा १, भोजपुरमा ५, ओखलढुंगामा ४ जनाको ज्यान गएको छ।
प्रदेश २- पर्सामा १, बारामा २, रौतहटमा १, सिरहामा १ र धनुषामा २ जनाको मृत्यु भएको छ।
प्रदेश ३- काठमाडौंमा ३, ललितपुरमा ५, काभ्रेमा ३, रामेछापमा १, सिन्धुलीमा २, मकवानपुरमा ३, धादिङमा २ र चितवनमा १ जनाको ज्यान गएको छ।
प्रदेश ५- पाल्पामा १ र दाङमा १ जनाको मृत्यु।
प्रदेश ६- डोल्पामा २ जनाको मृत्यु
अहिलेसम्म १ हजार १ सय ४ जनालाई उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया