पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ। सोमबार ७ हजार ७ सय ९१ जनाको कोरोना परीक्षण गरिएकोमा मंगलबार त्यो संख्या घटेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा साेमबार भन्दा तीन हजार ८० ले परीक्षण घटेकाे तथ्यांक प्रस्तुत गरिएकाे हाे।
मत्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले सोमबारको परीक्षण अहिलेसम्मकै धेरै भएको बताएका थिए।
सरकारले परीक्षणको दायरा बढाउने बताए पनि परीक्षण झन् घटेको तथ्यांकले देखाएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट हरेक दिन १० हजारको पीसीआर परीक्षण गर्ने सार्वजनिक अभिव्यक्ति दिएपनि सो परिणाममा परीक्षणको संख्या बढ्न नसकेको हो।
अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ।
मन्त्रालयका अनुसार अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन्। देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन्।
मंगलबार ९ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन्। यो सँगै आजसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष गरी ३ हजार १ सय ९४ जना रहेको छ।
२४ घण्टामा थपिए ३ सय १६ संक्रमित थपिएर मंगलबारसम्म १३ हजार ५ सय ६४ पुगेको छ। जसमा महिला १ हजार ६ सय ५७ र पुरुष ११ हजार ९ सय ७ रहेका छन्।

प्रतिक्रिया