समाज


नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, आजमात्रै ७४० थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो, आजमात्रै ७४० थपिए

नेपालखबर
असार १९, २०७७ शुक्रबार १०:३७,

पछिल्लो २४ घण्टामा नेपालमा थप ७४० जना कोरोना संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा थप ७४० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

४ हजार ४ सय ८४ जनाको नमूना परीक्षणमा ७४० जनाकाे  रिपाेर्ट पाेजिटिभ आएकाे प्रवक्ता गाैतमले बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८२३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

योसँगै नेपालमा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ६ हजार १ सय ४३ पुगेको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै कोरोना संक्रमणका कारण नेपालमा अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको प्रवक्ता गौतमले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad