समाज


काठे पुलबाट खसेर बालकको मृत्यु

काठे पुलबाट खसेर बालकको मृत्यु

नेपालखबर
साउन ७, २०७७ बुधबार १४:४०,

हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा आज काठे पुलबाट खसेर एक जना बालकको मृत्यु भएको छ। पुलबाट खसेर खोलामा परेर मृत्यु हुनेमा अदानचुली–५ करगाईका १५ वर्षीय गोपाल रोकाया रहेको अदानचुली–४ का वडा सदस्य देवखर जैसीले जानकारी दिए।

आज भैंँसी चराउन गएका रोकाया भैँसी चराएर मध्याह्न १२ बजे घर फर्किने बेलामा सिस्ने खोला भन्ने ठाउँमा रहेको काठेपुलबाट खसेपछि खोलाले बगाएको घटनास्थलमा पुगेका वडा सदस्य जैसीले जानकारी दिए।

घटनाको खबर पाउनेबित्तिकै केही जनप्रतिनिधि र श्रीनगर प्रहरी चौकीको टोली पनि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए। उनका अनुसार, खोलामा खसेका बालक रोकायाको खोजीका लागि ताँजकोटको कवाडी प्रहरी चौकीबाटसमेत सुरक्षाकर्मी झिकाइएको थियो।

सुरक्षाकर्मी, जनप्रतिनिधिसहित स्थानीय नागरिकको पहलमा खोजी गरेर केही समय अघिमात्रै शव भेटेको घटनास्थलमा भएका वडा सदस्य जैसीले बताए। बालक रोकायाको शव पानीबाट निकाले पनि उनको मुचुल्का हुन बाँकी छ। गएको सोमबार राति अत्यधिक वर्षा भएको थियो। सिस्ने खोलामा पनि हिउँदे मौसममा सानो पानी रहने हुनाले सोही ठाउँमा काठ राखेर खुलारुपमा आवतजावत गर्ने गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .