समाज


नेपालमा कोरोना संक्रमणबाट फेरि मृत्यु, मृतककाे संख्या ४३

नेपालमा कोरोना संक्रमणबाट फेरि मृत्यु, मृतककाे संख्या ४३

नेपालखबर
साउन ८, २०७७ बिहिबार ३:३९,

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ६, माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो।

कोरोनाका लक्षण देखिएपछि वीरगन्जस्थित नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हाे। मंगलबार १ बजे गण्डक अस्पताल भर्ना भएका उनको त्यही दिन अपराह्न मृत्यु भएको हो।

‘मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो,’ पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मनोजित कुँवरले बिहीबार बिहान नेपालखबरसँग भने। 

याेसँग नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४३ पुगेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad