सप्तरीमा आफ्नै श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाउने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका ३ दौलतपुरका दिपेन सदा रहेका छन्।
उनले बुधबार २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको प्रहरीले जनाएको छ। आगोले जलेर महिला घाइते भएकी छन्।
प्रहरी चौकी लक्ष्मीपुर र ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइतेलाई सप्तऋषि अस्पताल लाहान हुँदै थप उपचारको लागि धरान
घोपातर्फ लगिएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया