समाज


काठमाडौंमा युवतीमाथि एसिड प्रहार

काठमाडौंमा युवतीमाथि एसिड प्रहार

नेपालखबर
साउन ८, २०७७ बिहिबार १६:२,

काठमाडौंको बाफलमा एक युवतीमाथि एसिड प्रहार भएको छ।

बिहीबार राति ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ। उनलाई कीर्तिपुरस्थित अस्पतालमा लगिएको काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए।

एसएसपी ज्ञवालीसहितको टोली अहिले अस्पताल पुगेको छ। एसिड हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

एसिड आक्रमणमा परेकी युवती हायत होटलको एकाउण्ट शाखामा कार्यरत हुन्। बाफलमा जुजु धौ र चिउरा किनेर फर्किंदै गर्दा आक्रमण भएको प्रहरीले जनाएको छ।

उनको गालामा एसिड लागेको छ। प्रहरीका अनुसार उनको अवस्था सामान्य नै रहेको छ। उनले एसिड प्रहार गर्ने व्यक्तिलाई आफूले नचिनेको बताएकी छन्।

प्रहरीले सीसीटिभि फुटेजबाट ती युवकको पहिचान गरेर खोजी तिब्र बनाएको जनाएको छ। युवतीले भने कसैसँग आफ्नो रिसिबी नरहेको बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad