समाज


मूर्तियामा पुरातात्विक आकृति फेला

मूर्तियामा पुरातात्विक आकृति फेला

नेपालखबर
साउन १५, २०७७ बिहिबार ९:११,

हरिपुर नगरपालिका– ९ हजार बिघा मूर्तियामा पोखरी खन्ने क्रममा पुरातात्विक महत्वका आकृति फेला परेका छन्। पोखरी खन्ने क्रममा नजिकै रहेको माटोको ढिस्को सम्याउँदा तीन तला भएको एक फिट उचाइ भएको शिवलिंग र शिवलिंगको भाग फेला परेको वडाध्यक्ष तुलसी लुइँटेलले जानकारी दिए।

मूर्तियामा ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर रहेको छ भने विभिन्न स्थान उत्खननका क्रममा पुराना धार्मिक सामग्री भेटिने गरेका छन्। पोखरी खन्ने क्रममा भेटिएको शिवलिङ्ग र बसाहा तथा मयूर र सर्पको आकृति भएका पुरातात्विक वस्तु फेला परेका छन्।

पुरातात्विक महत्वका केही वस्तु पुरातत्व विभागले लगेको र केही चक्रेश्वर महादेव मन्दिर संरक्षण समितिको संरक्षणमा रहेको वडाध्यक्ष लुइँटेलले बताए। नजिकै मुक्तेश्वर मन्दिर क्षेत्रमा पनि उत्खनन गर्दा पनि त्यस्ता वस्तु फेला पर्न सक्ने जनाइएको छ।

चक्रेश्वर महादेव मन्दिर संरक्षण समितिको संरक्षणमा रहेका ती पुरातात्विक आकृतिको आफूहरुले पूजाआजा शुरु गरेको मन्दिरका अध्यक्ष ऋषि महतोले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad