नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नगरी एकलौटी ढंगले केन्द्रीय विभाग र निकायहरुमा मनोनयन गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सामूहिक असहमतिपत्र बुझाएको छ।
महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा आफूअनुकुल हुनेगरी बिभिन्न विभागमा मनोनयन गरेको भन्दै पौडेल पक्षका नेताहरुले बुधबार सभापति देउवालाई सो लिखित असहमतिपत्र बुझाएका हुन्।
असहमति पत्र बुझाएलगत्तै पौडेल कार्यालयमै पत्रकार सम्मेलन गरेका छन्।
बुधबार बसेको पौडेल पक्षको बैठकले लिखित असहमति जनाउने निर्णय गरेको थियो।
देउवाले असन्तुष्ट पक्षलाई आज छलफलका लागि बोलाएका थिए। सानेपामा पौडेलका तर्फबाट महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु रामशरण महत, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायतका नेताहरु पुगेका थिए।
उता देउवाले आफ्नो पक्षबाट उपसभापति बिमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशरण महत, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी सावदलगायतका नेताहरुलाई बोलाएका थिए।
यसअघि पनि मनोनयन रोक्न माग गर्दै पौडेल पक्षले लिखितरुपमै सभापति देउवाको ध्यानाकर्षण गराएको थियो।
पाैडेल पक्षले बुझाएकाे चार पृष्ठ लामाे पत्र:





प्रतिक्रिया