अत्यधिक नाफा लिएर तरकारी बेच्ने बल्खु र कालीमाटी तरकारी बजारका १९ व्यापारीलाई ठाउँको ठाउँ जरिवाना गरिएको छ।
शुक्रबार बिहान स्थलगत अनुगमन गर्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले दुवै बजारका गरी १९ व्यापारीलाई ५ देखि २० हजारसम्म जरिवाना गरेको हो।
अनुगमनस्थलमै होलसेल व्यापारीलाई कारबाही गरेको यो पहिलोपटक हो।
एक व्यापारीले लिएको तरकारी भित्रकै अर्को पसलमा बेच्दा ४०-५० रुपैयाँ नाफा राखेर बेचेको पाइएपछि कारबाही गरिएको टोलीले जनाएको छ।
अनुगमन जारी रहेकाे जनाइएकाे छ।
3
Shares

प्रतिक्रिया