समाज


धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना, दिउँसोभन्दा राति अझ बढी हुने अनुमान

धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना, दिउँसोभन्दा राति अझ बढी हुने अनुमान

नेपालखबर
भदौ ४, २०७७ बिहिबार १:५२,

अहिले (यो खबर लेख्नेबेला बिहीबार बिहान ७:२५ बजे) देशभर आंशिक बदली छ भने प्रदेश १, ५ र कर्णाली तथा आसपासका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

दिउँसोभन्दा राति वर्षाको मात्रा अझ बढ्ने सम्भावना छ। उनका अनुुसार राति प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भने भारी वर्षाको सम्भावना छ।

‘अहिले देशभर खासगरी भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ,’ मौसमविद् मानन्धरले बिहीबार बिहान नेपालखबरसँग भनिन्, ‘मनसुनी वर्षाको प्रकृति नै दिनमा राति बढी पानी पर्ने हो।’

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ–

बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ। तसर्थ उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad