समाज


पाल्पाका ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

पाल्पाका ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालखबर
असोज १, २०७७ बिहिबार ११:३४,

पाल्पाका कोरोना संक्रमित एक पुरुषको बिहीबार मृत्यु भएको छ।

भुसालडाँडामा स्थापित आइसोलेसनमा रहेका तानसेन नगरपालिका –७ का ५२ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।

अत्यधिक मदिरा सेवनले कलेजोमा समस्या देखिएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएका ती बिरामीलाई कोरोना देखिएको थियो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गत भदौ २९ गते कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad