ad ad

समाज


नेसनल जिओग्राफिक सोसाइटीको ‘इमर्जिङ एक्स्प्लोरर’ छानिइन् सोनिका मानन्धर

नेसनल जिओग्राफिक सोसाइटीको ‘इमर्जिङ एक्स्प्लोरर’ छानिइन् सोनिका मानन्धर

नेपालखबर
असोज १४, २०७७ बुधबार १६:७,

नेसनल जिओग्राफिक सोसाइटीले नेपालकी सोनिका मानन्धरसहित विश्वका ८ युवालाई ‘इमर्जिङ एक्स्प्लोरर’ काे रुपमा छनोट गरेको छ।

मानन्धर वातावरणमैत्री लघु उद्यमका लागि वित्तीय परियोजनामा काम गर्ने कम्पनी एलोइ टेक्नोलोजीकी सहसंस्थापक हुन्। उनी सो कम्पनीको प्रमुख प्राविधिक अधिकृत समेत हुन्।

‘नेसनल जिओग्राफिकले इमर्जिङ एक्स्प्लोरर छनोट गर्नु भनेको नेपालमा हाम्रो कम्पनीले गर्दै आएको कामको विश्वव्यापी मान्यता पाउनु हो,’ उनले भनिन्।

क्यानाडेली नागरिक टिफनी टङसँग मिलेर दुई वर्षअघि उनले सो कम्पनी स्थापना गरेकी थिइन्। जसले सफा टेम्पोका महिला चालकहरुका लागि वित्तीय परियोजना सञ्चानल गर्दै आएको छ। महिला चालकहरुलाई थोरै पुँजीमै सवारी साधनको मालिक बनाउने कम्पनीको उद्देश्य छ।

आफूले इमर्जिङ एक्स्प्लोरर छनोट भएको कुरा एक महिनाअघि नै थाहा पाएको उनले बताइन्।

‘सुरुमा विश्वास नै लागेको थिएन। तर छनोट भएका अन्य व्यक्तिसँग सम्पर्क भएपछि विश्वस्त भएँ,’ उनले भनिन्, ‘यो मेरो र हाम्रो कामका लागि धेरै महत्वपूर्ण छ। मैले मनोनयन गरेर प्राप्त गरेको होइन। हामीले गरेको कामलाई हेरेर यसमा छनोट गरेको हो।’

नेसनल जिओग्राफिकले आफ्नो क्षेत्रमा प्रभावकारी र रुपान्तरणकारी काम गर्ने व्यक्तिहरुलाई यसमा छनोट गर्ने गर्छ। यो कम्पनीले सफा टेम्पोको चालक महिलासहित वातावरणमैत्री काम गर्ने अन्य उद्यमका लागि पनि काम गर्ने गरेको छ। सोनिका पेसाले कम्प्युटर इन्जिनियर हुन्। उनी कम शिक्षा पाएका मानिसको पहुँच हुने प्रविधि विकास गर्न चाहन्छिन्।

सन् २०१९ मा उनी संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले आयोजना गर्ने योङ च्याम्पियन अफ द अर्थमा छनोट भएकी थिइन्।

सन् २०१७ बाट सुरु भएको यो पुरस्कारबाट हरेक वर्ष वातावरणीय परिवर्तनसम्बन्धी विश्वभरबाट छानिएका ३० वर्षभन्दा कम उमेरका युवा उद्यमीहरू सम्मानित हुने गरेका छन्। विजेताले आफ्नो उद्यमशीलता विस्तारका लागि १५ हजार अमेरिकी डलर सिड फन्ड र ९ हजार डलर सञ्चार सहायता प्राप्त गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .