समाज


कोरोनासँग लड्न शक्ति दिने भनेपछि काठमाडौंमा गुर्जाे बाँड्ने अभियान तीव्र

कोरोनासँग लड्न शक्ति दिने भनेपछि काठमाडौंमा गुर्जाे बाँड्ने अभियान तीव्र

नेपालखबर
असोज १७, २०७७ शनिबार २:५८,

काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै जाँदा रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बढ्न थालेको छ।

गुर्जोको बिरुवा, धुलो, डाँठ र चिया निःशुल्क वितरणमा लागेका अभियानकर्मी कमलबहादुर राजलवटले उपत्यकाका विभिन्न स्थानमा मागअनुसार वितरण गरिएको राससलाई जानकारी दिए।

आन्तरिक राजश्व कार्यालय (लहान) का कार्यालय प्रमुख राजलवटले सरकारी निवास रहेको स्थानमा उत्पादन गरेको गुर्जोको बिरुवा देशव्यापी निःशुल्क वितरण गरिएको जानकारी दिए।

हालसम्म करिब ९० हजार वटा गुर्जाको बिरुवा निःशुल्क वितरण गरिएको उनले बताए।

खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरोताजा अनुभव हुने प्रयोगकर्ता बताउँछन्।

उपत्यकामा एक घर एक गुर्जो बिरुवा रोपण अभियानमा लागिएको अभियानकर्मी राजलवट बताउँछन्। गुर्जो मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधीको काम गर्ने गरेको छ।

गर्भवती महिला र ५ वर्षमुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन। आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन्, तिनलाई औषधीको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावनाअनुसार देशव्यापी रूपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो।

कोरोना पोजेटिभ भएकालाई गुर्जोको धुलो वितरण अभियानलाई समेत तीव्र बनाएको छ। गुर्जोको धुलो मन तातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने कोरोना पोजेटिभ भएकामा रोग प्रतिरोधी क्षमता बढाउने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad