समाज


पाकिस्तानप्रति नरम देखिए ट्रम्प, सैन्य क्षेत्रमा मदत गर्न तयार

पाकिस्तानप्रति नरम देखिए ट्रम्प, सैन्य क्षेत्रमा मदत गर्न तयार

नेपालखबर
साउन १२, २०७६ आइतबार ८:४४,

हालै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकाको भ्रमण गरेका थिए। अमेरिका यसपटक पाकिस्तानप्रति नरम देखिएको जनाइएको छ।

पाकिस्तानले आतंकवादी समूहलाई उसको देशबाट परास्त गर्ने प्रयास नगरेकोभन्दै अमेरिकाले गतवर्षदेखि पाकिस्तानलाई दिँदै आएको सहयोग रोक्का गरेको थियो।

त्यसयता दुवैदेशको सम्बन्धमा चिसोपना थपिएको थियो। तर यस भ्रमणले उक्त तिक्तता मेटिएको जनाइएको छ।

द टाइम्स अफ इन्डियाका अनुसार अमेरिका पाकिस्तानलाई १२५ मिलियन अमेरिकी डलर सहयोग गर्न तयार भएको छ। पाकिस्तानमा हाल आर्थिक मन्दी छाएको छ।

उक्त रकमले पाकिस्तानले आफूसँग भएको अमेरिकी एफ १६ लडाकु विमानको प्राविधिक पक्षमा लाग्ने खर्च पूर्ति गर्नेछ। साथै सैन्य क्षेत्रमा उक्त रकम लगानी हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad