सुनसरीमा ९ वर्षीया बालिकालाई जबरजस्ति करणी गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन्।
कात्तिक १३ गते सुनसरीकी ९ वर्षीया बालिकालाई जबरजस्ति करणी गरेर फरार भएका धनकुटाको महाभारत गाउँपालिका ४ का ५० वर्षीय कुमार भन्ने बुद्दे राईलाई प्रहरीले पक्राउ गरेको हो।
उनी हाल सुनसरीस्थित ससुरालमा बस्दै आएका थिए। उनीविरुद्ध जिल्ला अदालत सुनसरीमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया