समाज


सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन : उच्च मनोबलका साथ काम गर्नू

सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन : उच्च मनोबलका साथ काम गर्नू

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ५:२४,

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उच्च मनोबलका साथ काम गर्न मतहतका निकायलाई निर्देशन दिएका छन्।

गण्डकी प्रदेशका विभिन्न ईकाइहरुको निरीक्षण गर्दै कोरोना संक्रमित सशस्त्र प्रहरी कर्मचारीहरुसँगको भेटघाटका क्रममा यस्तो निर्देशन दिएका हुन्।

कोरोना संक्रमित कर्मचारीलाई नआत्तिन भन्दै आफ्ना कर्मचारीको स्वास्थ्य उपचारका लागि संगठनले सक्दो सहयोग गर्ने बताए।

No description available.

महानिरीक्षक खनालले नम्बर ४ मुक्तिनाथ बाहिनी पोखरा, नम्बर २३ मनकामना गण तनहुँ, नम्बर २४ कालिका गण पोखरा, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरा र गोरखा गुल्मको निरीक्षण गरेको महानिरीक्षकको सचिवालयले जनाएको छ।

निरीक्षणका क्रममा उच्च अनुशासन र इमान्दारिताका साथ राज्यले दिएको जिम्मेवारि पुरा गर्न निर्देशन दिएका छन्। संगठनको आदेश र निर्देशनको पूर्ण पालना गर्न तथा एक व्यक्तिको गल्तीले सिंगो संगठनको बद्नाम हुने भएकाले त्यस्ता कार्य नगर्न निर्देशन दिए।

No description available.

सशस्त्र प्रहरी कर्मचारीका सन्ततिको गुणस्तरीय शिक्षाको लागि क्षेत्रीय स्तरमा विद्यालयहरुको स्थापना र कर्मचारीको स्वास्थ्य उपचारका लागि क्षेत्रीय अस्पतालको समेत स्थापना गर्दै लगिएको बताए।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad