समाज


सिनियर डिभिजन इन्जिनियर गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

सिनियर डिभिजन इन्जिनियर गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
साउन १३, २०७६ सोमबार १४:४६,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजन इन्जिनियर लालु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

भ्रष्टाचार मुद्दामा साक्षीका रुपमा पेश गरिएका उजूरीका निवेदक देवजङ्ग शाहीसँग बकपत्र गर्दा अनुसन्धानका क्रममा गरेको मुद्दामा अन्यथा हुनेगरी घुस लेनदेख गरेको आरोप लागेको छ। एककेवाई पी जेभीका प्रतिनिधि देवजङ्ग शाहीले भोजपुर–टक्सारकोट–गगने–लेखर्क सडक स्तारोन्नति योजनाको भुक्तानीका लागि जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन जिल्ला इन्जिनियर गिरीले रु १८ लाख ५० हजार बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले अभियोग लगाएको छ।

आयोगले बिगोबमोजिम कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यस्तै आयोगले मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश्वर ठाकुर र लेखापढी व्यवसायी राजवंशी चौधरीलाई रु पाँच हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ।

जग्गाको मोहीलगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोग लागेको छ। आयोगले उनीहरुलाई ठाकुरको कार्यालयबाटै आज पक्राउ गरेको हो। आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ।

जनचेतनामूलक सामग्री रेडियोमा प्रचारप्रसार गर्न कोटेशन लिई कार्य सम्पन्न गरी भुक्तानी दिने प्रयोजनका क्रममा सेवाग्राहीसँग रु एक लाख घुस माग गरेको आरोप लागेको छ। आयोगले गुप्तालाई बबरमहलस्थित वन विभागको परिसरबाट पक्राउ गरेका हो। आरोपी गुप्तामाथि अनुसन्धान भइरहेको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad