समाज


प्रहरी निरीक्षक ध्रुव शर्माविरुद्ध पत्नीले दिइन् बहुविवाहको मुद्दा

प्रहरी निरीक्षक ध्रुव शर्माविरुद्ध पत्नीले दिइन् बहुविवाहको मुद्दा

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ०:३८,

म्याग्दीको बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका आफ्ना पति ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन्।

श्रीमान्ले आफूलाई अन्याय गरेको भनी सामाजिक सञ्जालमार्फत न्यायको अपिल गरेकी शर्माले मंगलबार जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा दुई वटा कसुरमा जाहेरी दिएकी हुन्।

मंसिर पहिलो साता जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट बैदाम प्रहरी चौकी पोखरामा सरुवा भएका प्रहरी निरीक्षक शर्माविरुद्ध उनकी पत्नीले बहुविवाह र भ्रूण हत्या गरेको अभियोगमा गर्भ संरक्षणविरुद्धको कसुरमा जाहेरी दिएपछि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मुद्दा दर्ता भएसँगै आवश्यक कानूनी प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ। फौजदारी कसुरमा मुद्दा दर्ता भएसँगै शर्मा निलम्बनमा पर्ने कानूनी प्रावधान छ। चिनजानबाट प्रेम, शारीरिक सम्बन्ध हुँदै प्रेम विवाह गरेका शर्मा दम्पत्तिबीच पछिल्लो समय सम्बन्धमा खटपट आएको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

श्रीमान्ले आफूलाई जबर्जस्ती गर्भपतन गर्न लगाएको, विवाह पश्चात घरमा नलगेको, आफूलाई यातना दिने गरेको र पछिल्लो समय सरुवा भएर गएपछि आफूसँगको सम्पर्क छुटाएर अलपत्र पार्ने काम गरेको पीडित स्मृतिले सामाजिक सञ्जालमा लेखेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad