हालै गरिएको अनुसन्धानले सिन्धु घाटी सभ्यताका मानिस प्रायः मांसहारी रहेको देखाएको छ। उनीहरू गाई, भैंसी र बाख्राको मासु खान्थे।
सिन्धु उपत्यका क्षेत्रमा पाइएका भाँडा र खानाका विधि यसका आधार हुन्।
क्याम्ब्रिज विश्वविद्यालयबाट पुरातत्व विज्ञानमा विद्यावारिधि (पीएचडी) र फ्रान्समा पोस्ट–डक्टरल फेलो ए सूर्यनारायणले सिन्धु घाटी सभ्यताका मानिसको खानपान के कस्ता थिए भनेर अनुसन्धान गरेका हुन्। उनको अनुसन्धानको प्रतिवेदन अर्कियोलजिकल साइन्स जर्नलमा प्रकाशित छ।
सिन्धु घाटीका मानिसको जीवनशैलीबारे यसअघि अनेक अनुसन्धान भइसकका छन्। तर यो अनुसन्धान मूल रूपमा त्यस क्षेत्रमा उब्जाउ हुने बालीमा केन्द्रित छ। बीबीसी

प्रतिक्रिया