समाज


बेलायतमा देखिएको पहिलेको भन्दा निकै संक्रामक नयाँ प्रजातिको कोरोना तीव्र गतिमा अन्य देशमा पनि फैलिँदै

बेलायतमा देखिएको पहिलेको भन्दा निकै संक्रामक नयाँ प्रजातिको कोरोना तीव्र गतिमा अन्य देशमा पनि फैलिँदै

नेपालखबर
पुस ११, २०७७ शनिबार २३:३०,

सबैभन्दा पहिले बेलायतमा देखापरेको पहिलेको भन्दा बढी संक्रामक कोरोना भाइरसको नयाँ प्रजाति युरोपका धेरै देशमा फैलिएको छ।

पछिल्लाे समय यो नयाँ प्रजातिको कोरोना स्विडेन र स्विट्जरल्यान्डमा पनि देखिएको हो। बेलायतबाट फर्किएका नागरिकमा नयाँ कोरोनाको संक्रमण पुष्टि भएको ती देशले बताएका छन्।

बेलायतमा कोरोनाको निकै घातक नयाँ प्रजाति देखापरेपछि धेरै देशले त्यहाँ आवतजावतमा रोक लगाएका छन्।

स्पेनको राजधानी म्याड्रिड सहरमा पनि बिहीबार बेलायतबाट फर्किएका एक व्यक्तिका ३ नातेदारमा कोरोना भाइरसको नयाँ प्रजाति पुष्टि भएको सहरका उपस्वास्थ्य प्रमुख अन्टोनियो जापाटेरोले दिएका छन्।

तर कुनै पनि बिरामी गम्भीर अवस्थामा नरहेको बताउँदै उनले नआत्तिन नागरिकलाई आग्रह गरेका छन्।

यसैगरी अन्य ३ जनामा पनि नयाँ कोरोनाकै संक्रमणको शंकास्पद लक्षण देखिएको तर त्यसको रिपोर्ट आउन बाँकी रहेको उनले बताए।

यसअघि शनिबार फ्रान्सले पनि बेलायत भ्रमणबाट फर्केका एक जनामा नयाँ कोरोना संक्रमण देखिएको जानकारी दिएको थियो। ती व्यक्तिलाई अहिले घरमै अलग्गै राखिएको छ।

यस्तै डेनमार्क, जर्मनी, इटली, नेदरल्यान्ड र अस्ट्रेलियामा पनि कोरोनाको नयाँ प्रजातिबाट मानिस संक्रमित भएको पुष्टि भएको

यस्तै जापानले गत शुक्रबार बेलायतबाट फर्किएका ५ जनामा नयाँ प्रजातिको कोरोना संक्रमण देखिएको जानकारी दिइसकेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad