समाज


माउन्टेन टीभीका पत्रकार शालिकराम पुडासैनी झुन्डिएको अवस्थामा मृत

माउन्टेन टीभीका पत्रकार शालिकराम पुडासैनी झुन्डिएको अवस्थामा मृत

नेपालखबर
साउन २१, २०७६ मंगलबार ३:३०,

काठमाडौंस्थित माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा भेटिएका छन्।

चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा झुन्डिएको अवस्थामा पुडासैनी मृत भेटिएका हुन्।

उनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा बास बसेका थिए। खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुन्डिएको अवस्थामा मृत फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका- २ घर भएका पत्रकार पुडासैनीले हालै मात्र माउन्टेन टीभीमा काम थालेका थिए।उनी मिसन न्युज कार्यक्रम चलाउँथे।

यसअघि उनले न्युज-२४ मा सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए। उनका आफन्त आएपछि घटनाबारे थप अनुसन्धान हुने चितवन प्रहरीले जानकारी दिएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad