आज (मंगलबार) देशका केही ठूला नदी तथा साना खहरे खोलाहरूमा बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज र भोलि नारायणी,कर्णाली र महाकाली नदीमा बहाव बढ्ने सम्भावना छ, तर सतर्कता भन्दा तलै हुनेछ।
यस्तै आज जुम्ला, बाजुरा, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, दार्चुलालगायत जिल्लाका पहाडबाट बहने केही ससाना नदीहरूमा बहाव बढ्ने महाशाखाले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया