समाज


फागुन महिनाभित्रै जनकपुरबाट प्रदेश बस सेवा सञ्चालनमा आउने

फागुन महिनाभित्रै जनकपुरबाट प्रदेश बस सेवा सञ्चालनमा आउने

शैलेन्द्र महतो
फागुन १, २०७७ शनिबार ९:३८,

प्रदेश २ सरकारले फागुन महिनाभित्रै जनकपुरबाट प्रदेश बस सेवा सञ्चालन गर्ने भएको छ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरदेखि आठवटै जिल्ला सदरमुकामसम्म चलाउन झण्ठै चार महिनादेखि ५ वटा बस ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा खरिद गरेर ढल्केबरको एक वर्कसपमा थन्क्याएर राखिएको छ।

महिनौदेखि बस सञ्चालन नहुँदा चौतर्फी आलोचना हुन थालेपछि शनिबार भौतिक पूर्वाधार विकास मन्त्रालयले पत्रकार सम्मेलन गरि फागुन महिनाभित्रै बस (प्रदेश परिवाहन) सेवा सञ्चालन गर्ने जनाएको छ।

No description available.

पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले बसको भुक्तानी गत पुस महिना मै भइसकोले कार्यविधि निर्माणको कार्य सम्पन्न भएलगत्तै बस सेवा सञ्चालनमा आउने बताए।

कार्यविधि निर्माण कार्य अन्तिम चरणमा रहकाले बस चाँडै सञ्चालनमा आउने बताउँदै उनले बस सेवा सञ्चालनका लागि एउटा सञ्चालक समितिको गठन गरिने जानकारी दिए ।

उनका अनुसार सञ्चालक समितिले नै बसको चालक, सहचालक तथा अन्य कर्मचारी भर्ना गर्ने छ।

प्रदेश परिवहन सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुने मन्त्री सोनलले दावी गरे।

No description available.

 प्रदेश परिवहन सेवा सञ्चालन भएपछि यसले प्रदेशको ८ वटै जिल्लाका सदरमुकामलाई जोड्नेगरी सेवा प्रदान गर्ने छ। जनकपुरधामदेखि वीरगञ्ज, वीरगञ्जदेखि जनकपुरधाम र जनकपुरधामदेखि राजविराजसम्म परिवहन सेवा सञ्चालन गर्ने जनाएको छ।

५० सिट क्षमता भएको सो बसमा सीसीटीभी क्यामेरा, स्वचालित ढोका र वाइफाइको सुविधासमेत रहेको छ।

जनतालाई सरल, सुलभ तथा व्यवस्थित यातायात सेवा प्रदान गर्ने उद्देश्यले भौतिक पूर्वाधार विकास मन्त्रालयले गएको कार्तिक २८ गते ५ वटा बस खरिद गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad