समाज


‘मिस इकलेज २०२१’ को लागि आवेदन फारम खुल्ला

‘मिस इकलेज २०२१’ को लागि आवेदन फारम खुल्ला

नेपालखबर
फागुन ४, २०७७ मंगलबार १५:५४,

विगत ११ वर्षदेखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताको आयोजना गर्दै आएको सिजन मिडियाले ‘मिस ईकलेज २०२१’ को दशौं संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ।

उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्षदेखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि ‘मिस ईकलेज २०२१’ को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन्।

कलेजस्तरका युवतीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो।

विगत ११ वर्षदेखि काठमाडाैंमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो दशौं चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो। उक्त कार्यक्रममा विभिन्न कलेजहरुबाट ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने छ।

‘स्टुडेन्टस पर्सनालिटी एजुकेसन एण्ड ब्युटी’ भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई सहभागी गराइने छ।

उक्त कार्यक्रमको लागि सहभागीताको लागि फागुन अन्तिम सातासम्म आवेदन फारम सिजन मिडियाको कार्यालय कमलादीमा भर्न सकिनेछ। उक्त प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा चैत्रको अन्तिम साता राजधानीमा सम्पर्न हुनेछ।

प्रतियोगिताका विजेताले ‘मिस ईकलेज २०२१’ कोे ताज उपाधि सहित ल्यापटप मोबाइलफोन, ट्याव साथै ३ जना विजेतालाई सिंगापुर र मलेसियाको भ्रमणको लागि हवाई टिकट प्रदान गरिनेछ भने नेपाल एयर होस्टेज एकाडमीमा तामिकको लासग अवसर प्रदान गरिनेछ।

साथै उच्च शिक्षाको लागि विभिन्न देशको लागि छात्रावृत्ति पाउने छिन भने अन्य गिफ्टहयाम्पर पाउने छन यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad