विभिन्न व्यक्तिहरुको इ-सेवा आइडीमा अनाधिकृत पहुँच पुर्याई आफ्नो खातामा रकम रकमान्तर गरेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङको तुल्सिपुर उपमहानगरपालिका–४ घर भई हाल काठमाडौंको चावहिल बस्ने २३ वर्षीय आशिष खड्का रहेका छन् ।
खड्काले विभिन्न व्यक्तिहरुसँग भेटघाट गरी बिभिन्न बहाना बनाई निजहरुले चलाउँदै गरेका कम्प्यूटर, ल्यापटप, मोबाइल हेर्ने र उक्त डिभाइसबाट गुगल एकाउन्टको पासवर्ड थाहा पाई पीडितहरुको इसेवा खोलेर फेक जिमेल एकाउन्ट क्रियट गरी पीडितको इसेवा आईडीमा आफ्नो अनाधिकृत रुपमा पहुँच पुर्याई अन्य व्यक्तिको नामको खाता लगायत इ–सेवा समेतमा रकम रकमान्तर गरी अनलाइन ठगी गरेको प्रहरीले जनाएको छ।
प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले खड्कालाई भक्तपुरको सानोठिमिबाट पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।
Shares

प्रतिक्रिया