समाज


ओखलढुंगाको चिशंखुगढीमा मंगलबारदेखि लागेको डढेलो अझै नियन्त्रणबाहिर

ओखलढुंगाको  चिशंखुगढीमा मंगलबारदेखि लागेको डढेलो अझै नियन्त्रणबाहिर

नेपालखबर
चैत ५, २०७७ बिहिबार ५:२१,

मंगलबारदेखि सुरु भएको चिशंखुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन।

सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ। नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका छन्।

आगो निभाउन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। कति वन क्षेत्रमा कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बुझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताए।

सुरक्षाकर्मीलाई समेत आगो निभाउन कठिन भएको त्यहाँ खटिएका सुरक्षाकर्मीले बताएका छन्। हावाका कारण निभेका क्षेत्रमा आगो पुनः सल्किएको छ। खटाइएका सुरक्षाकर्मीलाई खानेपानी तथा खाजा खानाको समेत समस्या परेको छ। पानी नभएको र आगो निभाउन स्याउलाले प्रयास भइरहेको छ।

निरन्तरको प्रयासबाट पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए। कसरी आगो लाग्यो भन्ने यकिन नभएकाले अनुसन्धान गरिने उनको भनाइ छ। आगोलाई बस्तीमा जान नदिन सुरक्षाकर्मी बस्ती जोगाउनतिर लागेका छन्। वन क्षेत्रमा भने अझै आगो बलिरहेको छ। स्थानीय बासिन्दाको समेत सहयोगमा आगो निभाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ। कति वन क्षेत्रमा क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad