देशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४७२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो समय कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ।
आजसम्म नेपालमा कोरोना भाइरस संक्रमित दुई लाख ७६ हजार ५६ पुगेका छन्। त्यस्तै पछिल्लो समय थप ९९ जना निको भएका छन्। यससँगै निको हुने दुई लाख ७२ हजार २० र निको हुने दर ९८ दशमलब ५ प्रतिशत छ।
अहिले देशभर एक हजार १७ सक्रिय संक्रमित छन्। उनीहरुमध्ये ५० जना क्वारेन्टिनमा तथा अन्य आइसोलेशनमा छन्। हालसम्म नेपालमा २२ लाख ४० हजार ९८९ को पीसीआर परीक्षण भएको छ।
हालसम्म तीन हजार १९ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। रासस
3
Shares

प्रतिक्रिया