समाज


आज विभिन्न स्थानमा चट्याङ र वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

आज विभिन्न स्थानमा चट्याङ र वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

नेपालखबर
चैत ११, २०७७ बुधबार ३:४६,

आज दिउँसो तथा राति देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा आज दिउँसो हल्का वर्षाको सम्भावना देखिएको हो। यस्तै बाँकी प्रदेशका पनि पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ।

यसैगरी राति पनि पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्या्ङसहित हल्का वर्षा हुने सम्भावना छ।

महाशाखाले आज (बुधबार) बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

भनिएको छ : गण्डकी, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad