मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकासको तालिम दिने उद्देश्यसाथ राष्ट्रिय भेला शुरु गरिएको छ।
मेरुदण्डीय पक्षघात समुह नेपालको आयोजनामा काठमाडौंमा मंगलबारदेखि ३ दिने भेलाको आयोजना गरिएको हो। भेलामा देशका सबै प्रदेशबाट प्रतिनिधिमुलक रुपमा मेरुदण्डको पक्षघात भएको व्यक्तिहरुको सहभागिता रहेको छ।
भेलामा मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुको क्षमता अभिवृद्धिका लागि नेतृत्व विकाससम्बन्धी तालिम, सरकारले प्रदान गर्ने अधिकारहरुको विषयमा र स्वास्थ्यको हेरचाहको सम्बन्धमा तालिम दिइने मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकालले बताए।
भेलामा सहभागीहरुले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई स्वास्थ्य समस्याको साथसाथै विभिन्न प्रकारका समस्याहरु हुने भएकाले सरकारले समाधानका निम्ति ध्यान दिनुपर्ने बताएका छन्। उपचार तथा स्वास्थ्य सामाग्रिको सहज उपलब्धता गराउनुपर्नेमा जोड दिएका छन्।
भेलामा सहभागीहरुले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई आफुले सिकेको सिप तालिमबारे आफ्नो प्रदेशमा गएर कार्यक्रमतालिम सञ्चालन गर्ने बताइएको छ।
Shares

प्रतिक्रिया