ज्वालामुखी गाउँपालिका–३ अमराईमा आज भएको बोलेरो जिप दुर्घटनामा १४ जना घाइते भएका छन्। चार जनाको अवस्था गम्भीर छ।
धादिङबेँसीबाट मैदीतर्फ जाँदै गरेको बा१३च ५२३० नंको बोलेरो जिप दुर्घटना भएको थियो। घाइते सबै एउटै गाउँका भएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।
यात्रु र सामानले खचाखच भरिएको जिप उकालोमा गुड्न नसक्दा दुर्घटना भएको घाइते यात्रु पौषप्रसाद तिवारीले बताए।
घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते चार जनालाई काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ। रासस

प्रतिक्रिया