वीरगञ्जस्थित नारायणी अस्पतालमा एक कोरोना संक्रमित युवाको मृत्यु भएको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका ९ का ३७ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको हो।
आज बिहान साढे ३ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए। ज्वरो र खोकीसहित मुखबाट रगत आउने समस्या देखिएपछि उनी २६ चैतमा उनी वीरगञ्जकै एक निजी अस्पताल भर्ना भएका थिए।
परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गएराति मात्रै नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उनी होली पर्व मनाउन दुई साताअघि मात्रै भारतबाट घर फर्किएका आफन्तले बताएका छन्।
3
Shares

प्रतिक्रिया