समाज


वैदेशिक रोजगारीबाट फर्केको भोलिपल्टै श्रीमानको मृत्यु, खानामा विषादी भेटिएपछि श्रीमती पक्राउ

वैदेशिक रोजगारीबाट फर्केको भोलिपल्टै श्रीमानको मृत्यु, खानामा विषादी भेटिएपछि श्रीमती पक्राउ

नेपालखबर
बैशाख १०, २०७८ शुक्रबार ११:४०,

खानामा विषादी मिसाएर खुवाएर श्रीमानको हत्या गरेको अभियोगमा भक्तपुरमा एक महिला पक्राउ परेकी छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बस्ने ३२ वर्षीय विष्णु थापा मगरको ५ वर्ष पहिले वैदेशिक रोजगारीबाट फर्किएको भोलिपल्टै मृत्यु भएको थियो।

भिसेरा रिपोर्टमा उक्त दिनको खानामा विषादी मिसाएर खुवाएको पाइएको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए।

२०७२ माघ २७ गते वैदेशिक रोजगारबाट २२ महिना पछि फर्केका विष्णुको भोलिपल्टै मृत्यु भएको थियो। घटनाको ५ वर्षपछि विष्णुकी २९ वर्षीया श्रीमती पार्वती थापालाई प्रहरीले पक्राउ गरेको हो।

पार्वतीले छोरा छोरीलाई अघिल्लो दिन बेलुकाको बासी खाना खुवाई स्कुल तर्फ पठाएको र गहतको दाल, अण्डा करी, भात खाएका विष्णु बिरामी भएपछि तत्काल उपचारको लागि मध्यपुर अस्पताल भक्तपुर लगिएको थियो।

सोहि दिन १२ः४० बजे उनको मृत्यु भएको थियो। उनको मृत्युपछि घटनाको अनुसन्धानका लागि पार्वतीले नै प्रहरीमा जाहेरी दिएकी थिइन्।

अनुसन्धानको क्रममा मृत्तकको भिषेरा, घटनास्थलबाट उठाइएको गहतको दाल, अण्डा करी, भात तथा मुछिएको खाना समेतको परीक्षणको लागी प्रयोगशाला पठाइएको थियो।

त्यसको रिपोर्टमा किटनाषक बिषादी फेला परेको रिपोर्ट आएको थियो।

भक्तपुर जिल्ला अदालतबाट गत मंगलबार अनुमति लिएर पार्वतीलाई पक्राउ गरिएको डीएसपी गिरीले बताए।

पार्वतीको पर–पुरुषसँग सम्बन्ध रहेका कारण उक्त घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
धादिङको मुलपानीका उनीहरु भक्तपुरमा डेरा गरी बस्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad