पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको तत्काल डिस्चार्ज नहुने भएको छ।
उनको गत शुक्रबार पेटको न्युरो इन्डोक्राइन ट्युमरको शल्यक्रिया भएको थियो।
चिकित्सकको सल्लाहअनुसार उनी केही दिन वीर अस्पतालमै रहने डा. भट्टराईको सचिवालयले जनाएको छ।
शल्यक्रियापछि अहिले उनको स्वास्थ्यमा राम्रो सुधार भएको चिकित्सकहरुले बताएका छन्।

प्रतिक्रिया