महोत्तरीमा शौचालय बनाउने विषयमा दुई पक्षबीच झडप हुँद एकजनाको ज्यान गएको छ। अन्य ४ जना घाइते भएका छन्।
मटिहानी नगरपालिका–३ बरदाहा २६ वर्षीय जाविर राइनको मृत्यु भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
स्थानीय मोतालिम राइन, छोटन राइन, हजरत राइन र मीना खातुन गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार दिउँसो मटिहानी नगरपालिका–३ बरदाहामा स्थानीयवासी मोस्लिम राइन र मोतालिभ राइनबीच शौचालय निर्माण विषयमा विवाद हुँदा झडप भएको थियो।
झडपको बेला दुवै समूहले लाठी र चिर्पट प्रयोग गरेका थिए।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोतालिभ राइन र असरफ राइनलाई नियन्त्रणमा अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक विष्टले बताए।

प्रतिक्रिया