समाज


संक्रमित भन्दा निको हुनेको संख्या धेरै

संक्रमित भन्दा निको हुनेको संख्या धेरै

नेपालखबर
जेठ १२, २०७८ बुधबार ११:३१,

गएको २४ घण्टामा नेपालमा ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१९ हजार ३० जनाको पीसीआर गर्दा ६ हजार ६७७ र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज थप १४५ जनाले ज्यान गुमाएका छन्।

यो अवधिमा थप ६ हजार ७१६ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ। दोस्रो लहर सुरु भएयता नयाँ संक्रमितभन्दा निको हुनेको संख्या आज पहिलोपटक बढेको हो।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४९३ जनामा संक्रमण पुष्टि भएकोमन्त्रालयले जानकारी दिएको छ। यसमध्ये काठमाडौँमा १ हजार १३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन्।

मंगलबार थप ८ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने १६९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad