गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ओरालो लागेको देखिए पनि संक्रमण दर भने घटेको छैन।
स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुुसार संक्रमणबाट थप ७ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कास्कीका ४ जना, स्याङ्जाका २ जना र लमजुङका एकजना रहेका छन्।
यो विगत १८ दिन यताको सबैभन्दा कम मृत्यु संख्या हो। कोभिडबाट गण्डकीमा हालसम्म ५७७ जनाको निधन भइसकेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ७९ जनामा संक्रमण पुष्टि हुँदा ९४१ जना निको भएका छन्। सबैभन्दा बढी संक्रमण कास्कीमै देखिएको छ।
गण्डकीको राजधानी कास्कीमा थप ३७० जनामा संक्रमण देखिँदा नवलपुरमा ११८,तनहूँमा १६६,गोरखामा ११८,स्याङ्जामा ५०,बागलुङमा ११,लमजुङमा३६,पर्वतमा६५,म्याग्दीमा ३६,मुस्ताङमा ८ र मनाङमा थप १ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा कास्कीमा ६५४ ,नवलपुरमा २५६, तनहूँमा ३२६,गोरखामा ५०२,स्याङ्जामा १३६,बागलुङमा ६७, लमजुङमा ८३,पर्वतमा १०२,म्याग्दीमा ५१,मुस्ताङमा १९ र मनाङमा ६ जनाको पीसीआर तथा एण्टिजेन परीक्षण भएको थियो।
गण्डकीमा १० हजार ७३९ जना संक्रमित छन् भने तीमध्ये १० हजार ३१२ जना घरमै रहेका छन्।
प्रतिक्रिया