कला


जोन सिनाले चीनसँग चिनियाँ भाषामा यसकारण मागे माफी (भिडिओ)

जोन सिनाले चीनसँग चिनियाँ भाषामा यसकारण मागे माफी (भिडिओ)

नेपालखबर
जेठ १२, २०७८ बुधबार ११:४१,

पछिल्लो समय ‘उनले फास्ट एन्ड ९’ चलचित्रमा अभिनय गरेर ख्याती कमाएका छन्। तर एकाएक उनको चीनमा भने चर्को विरोध सुरुवात भएको छ।

जसका कारण उनले चिनियाँ भाषामै बोलेर चीनसँग माफी मागेका छन्। वास्तवमा उनले ताइवानलाई अलग्गै राष्ट्र भएको बताएपछि उनको चीनमा चर्को विरोध भएको हो।

उनले ‘फास्ट एन्ड फ्युरिएस ९’ चलचित्रको प्रचार गर्ने एक भिडिओमा ताइवानलाई अन्जानमै अलग्गै राष्ट्र भनेका थिए।

उनले ताइवानको टेलिभिजन टीभीबीएससँग भनेका थिए,‘ताइवान फास्ट एन्ड फ्युरिएस ९ चलचित्र हेर्ने पहिलो मुलुक बन्नेछ।’

चर्को विरोधपछि भने उनले ताइवान चीनकै क्षेत्र भएको भन्दै चिनियाँ भाषामा माफी मागेका छन्।

(भिडिओ)

उनले चीनका आफ्ना फ्यानहरुसँग चिनियाँ भाषामा माफी माग्दै भनेका छन्,‘म मेरो गल्तीको लागि क्षमा माग्न चाहन्छु। मैले गल्ती गरे कृपया माफ गर्नुहोला। तपाइँहरुले यो बुझ्नुपर्छ कि म चीनलाई माया गर्छु र चिनियाँको भावनालाई सम्मान गर्दछु।’

ताइवानको आफ्नै संविधान छ र त्यहाँ लोकतान्त्रिक विधिअनुसार सरकार चयन हुन्छ। तर चीनले भने ताइवानलाई आफ्नो मुलुक भएको दाबी गर्दछ।

यसबीचमा ताइवानले आफू चीनको क्षेत्र नभएको र स्वतन्त्र मूलुक भएको बताउँदा चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चेतावनी दिँदै आएको छ।

यो भूराजनीतिक विवादको विषयमा ज्ञान नभएका कारण जोन सिनाले ताइवानलाई देश भनेको हुन सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad