समाज


डब्लूएचओको विश्वास नलागेपछि बाइडेनले कोरोना उत्पत्तिबारे भिन्दै अनुसन्धान गर्न भने

डब्लूएचओको विश्वास नलागेपछि बाइडेनले कोरोना उत्पत्तिबारे भिन्दै अनुसन्धान गर्न भने

नेपालखबर
जेठ १३, २०७८ बिहिबार ८:१५,

बाइडेनले ९० दिन भित्र कोरोना कहाँ र कसरी उत्पत्ति भयो भनेर पत्ता लगाउन निर्देशन दिएका हुन्।

एक बयान जारी गर्दै बाइडेनले भनेका छन्,‘अमेरिकी अनुसन्धान एजेन्सीहरुले ९० दिनभित्र कोरोना उत्पत्तिको बारेमा रिपोट तयार गर्नुपर्छ।’

कोरोना भाइरसको संक्रमण सन् २०१९ को डिसेम्बरदेखि वुहान शहरबाट फैलिन थालेको चीनले बताएको थियो। त्यसबेलादेखि अहिलेसम्म विश्वभर १६ करोड ८० लाखमा कोरोनाको संक्रमण भइसकेको छ।

यस संक्रमणबाट कम्तिमा ३५ लाखको ज्यान गइसकेको छ। डब्लूएचओले वुहानमै गएर गरेको अनुसन्धानमा कोरोना भाइरस जनावरबाट जनावर हुँदै मानिसमा सरेको उल्लेख गरिएको थियो।

तर यतिबेला अमेरिकी संचारमाध्यममा चिनियाँ प्रयोगशालामा कोरोना भाइरस बनेको भन्ने खबरहरु आएपछि राष्ट्रपति बाइडेनले कोरोनाको उत्पत्तिबारे डब्लूएचओको अनुसन्धान बेवास्ता गर्दै नयाँ अनुसन्धान गर्न भनेका हुन्।

हालै अमेरिकी महामारी विज्ञ तथा सरकारका स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले पनि कोरोना भाइरस प्राकृतिक रुपमा आफैं नजन्मिएको र यो प्रयोगशालामा बनेको हुनसक्ने बताएका थिए।

तर चीनले अमेरिकी आरोपहरु खारेज गर्दै कोरोना भाइरस अमेरिकी प्रयोगशालामा बनेको आरोप लगाइरहेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad