समाज


धेरै ठाउँमा वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी

धेरै ठाउँमा वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी

नेपालखबर
जेठ २९, २०७८ शनिबार १:१९,

शुक्रबारदेखि नेपाल प्रवेश गरेको मनसुनका कारण वर्षा हुने क्रम बढ्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ।

आज दिउँसो देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यमसम्म र गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भने भारी वर्षासमेत हुने सम्भावना छ। 

यस्तै साँझ पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा प्रदेश १ ,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

वर्षाका कारण बाढी, पहिरो, डुबानजस्ता विपद् निम्तिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गर्दै महाशाखाले २४ घण्टे चेतावनी जारी गरेको छ।

भनिएको छ। ‘देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो २ बजे विशेष मौसम बुलेटिन जारी गरी दिएको जानकारीअनुसार बंगालको खाडीआसपास विकसित न्यून चापीय क्षेत्रका कारण प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुन प्रवेश गरेका हो। अब एक÷दुईभित्रै यो दशेभर फैलिने सम्भावना छ। मनसुन जहिले पनि दशेको पूर्वी क्षेत्रबाट प्रवेश गर्छ।

मनसुनका कारण हिजैदेखि देशका धेरै स्थानमा वर्षा हुन सुरु भएको हो। मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज बिहान गरिएको मापनअनुसार काठमाडौंमा उपत्यकामा ५२ मिलिमिटर वर्षा भएको छ। यो भनेको भारी वर्षा हो। ५० मिलिमिटर कटेपछि भारी वर्षा मानिन्छ। आज पनि काठमाडौं उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

देशका अन्य स्थानमा भएको वर्षाको रेकर्ड भने अहिले बिहान पौने ९ बजे मात्र आफूहरूलाई प्राप्त हुने मौसमविद् प्रधानाङ्गले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .