जुन २७ आइतबार बिहान यो आक्रमणको घटना भएकै मध्यरात २८ जुनमा फेरि भारतीय सेनाले दुईवटा ड्रोन देखेका थिए।
सो ड्रोन पनि आक्रमणको लागि परिचालित भएको आशंका छ। सेनाले देख्नासाथ सो ड्रोनलाई गोली हानी खसाएका थिए।
भारतीय हवाई सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्दर आनन्दका अनुसार भारतीय सेनाले रतनूचक–कालूचक सैन्य क्षेत्रमा दुई ड्रोन मध्यरातमा देखेपछि त्यसलाई आक्रमण गरी खसाइएको थियो।
लगातार दुई दिन ड्रोन आक्रमणको प्रयास भएपछि यतिबेला भारतीय सेना सशंकित भएको बताइएको छ।
हाल यो घटनाको पछाडि कसको संलग्नता छ भन्नेबारेमा अनुसन्धान भइरहेको छ।
जम्मु–कास्मिरमा विशेषगरी पाकिस्तानी भूमिबाट भारतीय क्षेत्रमा आक्रमण हुँदै आएको छ। बीबीसी

प्रतिक्रिया