सात सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै सात दिनका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा आज चीनतर्फ प्रस्थान गरेका छन्।
प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्षरथी शरदकुमार गिरिलाई कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन्।
चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका प्रधानसेनापति थापा ७ असारसम्म चीनमा रहनेछन्।
जंगी अड्डाका अनुसार, नेपालका लागि चिनियाँ राजदूत, रथीबृन्द, विदेशी सैनिक सहचारी लगायतले प्रधानसेनापति थापालाई आज बिदाई गरे। त्यसअघि जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति थापालाई सलामी अर्पण गरेको थियो।
प्रधानसेनापति थापालाई जंगी अड्डामा सलामी
भ्रमण क्रममा थापाले विभिन्न संरचना भ्रमण, विशिष्ठ व्यक्तिहरु र ऐतिहासिक संरचनाहरुको भ्रमण गर्नेछन्।
भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीचको आपसी सौहार्दपूर्ण सम्बन्ध, द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको जंगी अड्डाले बताएको छ।
Shares

प्रतिक्रिया