समाज


अमेरिकी द्वीप बहमासमा डोरियन आँधीबाट ४३ को मृत्यु

अमेरिकी द्वीप बहमासमा डोरियन आँधीबाट ४३ को मृत्यु

नेपालखबर
भदौ २१, २०७६ शनिबार ८:५९,

संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु बनाएर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या शुक्रबार ४३ पुगेको छ।

उद्धारकर्ताहरुले जीवितै व्यक्ति उद्धार गर्ने आशा छाडेका हुनाले मृतकको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको एएफपीले जनाएको छ।

समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ। बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार नै बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिएका थिए।

द्वीपबाट उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन्।

आँधीको कारण २ सय ६० घरका बासिन्दाहरू नराम्ररी प्रभावित भएकाले अबोको टापुको राजधानी नासाउ आइपुगेका बताइएको छ। यस आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad